दफा ४९
सम्पत्ति सम्बन्धी कसुर
देहायको कुनै कार्य गरेमा सम्पत्ति सम्बन्धी कसुर गरेको मानिनेछ ः-
(क) सरकारी वा सार्वजनिक सम्पत्ति, नेपाली सेनाको मेस, ब्याण्ड वा कुनै सैनिकको वा यस ऐनको क्षेत्राधिकारभित्र पर्ने कुनै व्यक्तिको सम्पत्ति बद्नियत राखी निजी काममा उपयोग गरेमा वा हिनामिना गरेमा वा चोरी गरेमा वा बद्नियतपूर्वक विश्वासघात गरी कब्जामा लिएमा,
(ख) खण्ड (क) बमोजिमको कसुर भएको थाहा पाई वा सो कुरामा विश्वास गर्नु पर्ने मनासिब माफिकको कारण हुँदाहुँदै पनि वेइमानी गरी त्यस्तो सम्पत्ति लिएमा वा आफ्नो साथमा राखेमा,
(ग) आफ्नो जिम्मामा रहेको सरकारी सम्पत्तिमा जानी जानी हानि नोक्सानी पुयाएमा ।